Rule 6
बोलपत्रको मूल्याङ्कन
: (१) नियम ५ बमोजिम प्राप्त हुन आएका बोलपत्रको मूल्याङ्कन गर्दा देहायको आधार वापत देहाय बमोजिम अङ्क दिई बोलपत्रको मूल्याङ्कन गर्नु पर्नेछ ः-
(क) बोलपत्रदाताको प्राविधिक क्षमता तथा कार्य अनुभव – बीस अङ्क
(ख) बोलपत्रदाताको आर्थिक क्षमता – बीस अङ्क
(ग) बोलपत्रदाताको पेट्रोलियम बिक्री वितरणसम्बन्धी अनुभव
(घ) अन्वेषण अवधिमा गरिने न्यूनतम कार्यदाियत्वर खर्च – बीस अङ्क
(ङ) खूद पेट्रोलियमको प्रस्तावित बाँडफाँड – बीस अङ्क
(च) बोलपत्रदाताबाट उपलब्ध गराइने शैक्षिक
तथा तालीम सुविधा – पाँच अङ्क
(छ) लगानी र सामाजिक विकासको योजना – पाँच अङ्क
(ज) रोजगार एवं अन्य कुनै प्रासङ्गिक कुरा – पाँच अङ्क
(२) उपनियम (१) मा उल्लिखित आधारमध्ये खण्ड (क), (ख), (घ) र (ङ) बमोजिमको आधार बापत अङ्क दिँदा थप आधार तोकी सोही अनुसार अङ्कभार विभाजन गरी अङ्क दिनु पर्नेछ । त्यसरी निर्धारण गरिएको आधार र अङ्कभार बोलपत्रको मूल्याङ्कन गर्नु अघि महानिर्देशकबाट स्र्वीकृत भएको हुनु पर्नेछ ।
(३) बोलपत्रको मूल्याङ्कन गर्दा न्यूनतम साठी अङ्क प्राप्त गर्ने बोलपत्रदातालाई योग्य बोेलपत्रदाता मानिनेछ ।
(४) बोलपत्रको मूल्याङ्कन गर्न देहाय बमोजमको एक बोलपत्र मूल्याङ्कन समिति रहनेछ ः-
(क) महानिर्देशकले तोकेको विभागको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत र त्यस्तो अधिकृत नभएमा महानिर्देशकले तोकेको विभागको राजपत्राङ्कित द्वितीय श्रेणाीको अधिकृत – संयोजक
(ख) विभागको आर्थिक प्रशासन शाखा प्रमुख – सदस्य
(ग) महानिर्देशकले तोकेको विषयसँग सम्बन्धित विज्ञ – सदस्य
(घ) विभागमा कानून अधिकृतको दरबन्दी भएमा कानून अधिकृत – सदस्य
(ङ) विभागको खरिद एकाइ प्रमुख – सदस्य–सचिव
(५) मूल्याङ्कन समितिले बोलपत्र मूल्याङ्कनको लागि आवश्यकता अनुसार सम्बन्धित विषयको विज्ञ वा कुनै निकायको पदाधिकारीलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(६) बोलपत्रको मूल्याङ्कन गर्ने कार्य बोलपत्र खोलेको मितिले नब्बे दिनभित्र सम्पन्न गर्नु पर्नेछ ।